एमाले गुल्मीमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि १८ जना महाधिवेशन प्रतिनिधिहरु सर्वसम्मत चयन भएका छन् । विवादरहित ढंगले १८ जना महाधिवेशन प्रतिनिधिहरु जिल्लाबाट सर्वसम्मत चयन गरिएको सो पार्टीका गुल्मी जिल्ला अध्यक्ष मधुकृष्ण पन्तले बताए । उनका अनुसार खुल्ला तर्फ जिल्ला अध्यक्ष पन्त , उपाध्यक्ष बालसिंह काउछा , सचिव सोमनाथ सापकोटा , उपसचिव धर्म बिश्वकर्मा , जिल्ला कमिटी सदस्यहरु अमर सिंजापति , नारायण प्रसाद पोखरेल , कृष्ण भुसाल , प्रेम पराजुली , रित बहादुर थापा ,चक्र बन्धु भुसाल र खिमानन्द पाण्डे महाधिवेशन प्रतिनिधीमा चयन भएका हुन् ।
त्यस्तै महिला तर्फ नर्मदा भण्डारी , लक्ष्मी पन्थ , सीता भन्डारी र ललिता गौतम महाधिवेशन प्रतिनिधीमा चयन भएका छन् । त्यस्तै दलितबाट । जंग नेपाली , कृण्ण सुनार र जुना बिस्वकर्मा महाधिवेशन प्रतिनिधीमा चयन भएका छन् । महाधिवेशन प्रतिनिधिका निकटतम प्रत्यासी तर सर्वसम्मत गर्ने क्रममा छुटेका केहि नेताहरुलाई केन्द्रबाटै मनोनित गराउने केन्द्रिय नेताहरुबाटै आश्वासन आएको श्रोतले जनाएको छ ।
जिल्ला अध्यक्ष पन्तका अनुसार महाधिवेशन प्रतिनिधिका लागि ६५ जनाको उम्मेदवारी परेको थियो । त्यस मध्ये क्षेत्र नम्वर १ बाट २१ पुरुष र ८ महिला सहित २९ जनाको उम्मेदवारी परेको थियो । क्षेत्र नम्वर २ मा १९ पुरुष र ६ महिला सहित २५ जनाले उम्मेदवारी दिएका थिए । दलित कोटाबाट महाधिवेशन प्रतिनिधिका लागि ११ जनाले उम्मेदवारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि तथा पशुपन्छी कार्यक्रमको प्रगति विवरण बुझाउन स्थानीय तहलाई निर्देशन
-
शाही उत्तराधिकारका नियम खुकुलो बनाएपनि जापानमा महिलाको हकमा प्रतिबन्ध यथावत्
-
नयाँ नियमावलीको विरोधमा शैक्षिक परामर्श व्यवसायी सडकमा
-
खाली पेटले बदलिएको भारतको राजनीति : वाङचुकको अनशनले दोहोर्याउला इतिहास ?
-
चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई व्यापारिक स्वार्थबाट मुक्त राख्न डा.केसीको माग
-
हवाइ रुटबारे छलफल गर्न भारत सकारात्मक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण