प्रधानन्यायाधीशको राजीनामा माग्दै विराटनगरमा धर्ना
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मोरङका कानुन व्यवसायी पनि धर्नामा उत्रिएका छन् । उच्च अदालत विराटनगर बार एशोसिएशन र मोरङ जिल्ला अदालत बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायीहरु धर्नामा उत्रिएका हुन् ।
विवाद र भ्रष्टाचारमा डुबेको भन्दै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरुले उच्च अदालत र जिल्ला अदालतमा एक घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरे ।
उनीहरूले बारको कार्यालय अगाडि भेला भएर बिहान ११ बजेदेखि अदालत परिसरभित्र एक घण्टा धर्ना तथा प्रदर्शन गरेका हुन् । उच्च अदालत बारका अध्यक्ष नारायणप्रसाद दाहाल र जिल्ला अदालत बारका अध्यक्ष पुनम गुप्ताले नेतृत्व गरेको प्रदर्शनको क्रममा ‘न्यायालयको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ लगायतका नारा लगाइएको थियो ।
उच्च अदालत बार एशोसिएशन विराटनगरका सचिव अधिवक्ता कला त्रितालले न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारविरुद्धको अभियान स्वरुप धर्नामा बसेको बताइन् । न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण