काँग्रेस महाधिवेशनको आर्थिक संकलन समितिमा कार्की
आइतबार, २८ कात्तिक २०७८, १७ : ५७
नेपाली काँग्रेसले आगामी मंसिर २४ देखि २६ गतेसम्म हुने महाधिवेशनका लागि विभिन्न समिति गठन गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले आर्थिक संकलन समितिको जिम्मेवारी सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई दिएको छ ।
यस्तै विदेशी पाहुना सत्कार समितिको जिम्मेवारी प्रकाशशरण महत, सांस्कृति समितिको जिम्मेवारी सीता गुरुङ र प्रचारप्रसार समितिको प्रमुख जिम्मेवारी विश्वप्रकाश शर्मालाई दिएको छ ।
यस्तै भोजन तथा आवास व्यवस्थापन समिति पनि गठन गरिएको छ । देशभरबाट भेला हुने महाधिवेशन प्रतिनिधिको व्यवस्थापनका लागि नेता सुरेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण