छोरीको जन्मदिन मनाउन मालदिभ्स पुगे अभिषेक–ऐश्वर्या, एक रातको १४ लाख तिर्नुपर्ने रिसोर्टमा बास
ऐश्वर्या राय र अभिषेक बच्चन आजकाल आफ्नी छोरी आराध्याको जन्मदिन मनाउनका लागि माल्दिभ्स गएका छन् । आराध्या १६ नोभेम्बरमा १० वर्ष पुग्नेछिन् । यो विशेष दिन मनाउनका लागि अभिषेक–ऐश्वर्याले मालदिभ्स छानेका छन् । उनीहरु त्यहाँ अमिला नामको विलासी रिसोर्टमा बसिरहेका छन् ।
एक रातको भाडा १४ लाख भारुः
हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा ऐश्वर्याले रिसोर्टको फोटो सेयर गरेकी छिन् । अमिला रिसोर्टमा विभिन्न खालका भिल्ला छन् जसमा रीफ वाटर पूल भिल्ला, सनसेट वाटर पूल भिल्ला, लगून वाटर पूल भिल्ला र मल्टी बेडरुम रेजिडेन्स समावेश छन् । थुप्रै विलामा नीजि पूल र सी भ्यू पनि समावेश छ जहाँ एक रातको ७६००० देखि १४ लाख भारुसम्म तिर्नुपर्छ ।
ऐश्वर्याले रिसोर्टको जुन तस्बिर सेयर गरेकी छिन् त्यसमा ट्वीन स्विमिङ पुल र प्राइभेट बीच देखिएका ेछ । अभिषेकले पनि बीचबाट एउटा तस्बिर इन्स्टाग्रामा सेयर गर्दै लेखेका थिए, ‘ब्यूँझनका लागि खराब दृश्य होइन ।’
मालदिभ्समा मनाइएको थियो ऐश्वर्याको जन्मदिनः
यसअघि यसै महिना १ नोभेमबरमा पनि ऐश्वर्या रायको ४८ औं जन्मदिनमा अभिषेकले उनी र आराध्यालाई मालदिभ्स लिएर गएका थिए । यी तिनैजनाको फोटो सार्वजनिक भएको थियो जुन निकै चर्चाको विषय बनेको थियो । स्मरण रहोस्, ऐश्वर्या र अभिषेकले २० अप्रिल २००७ मा विवाह गरेका थिए । विवाहको चार वर्षपछि १६ नोभेम्बर, २०११ मा छोरी आराध्याको जन्म भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण