प्रदेशसभा बैठक स्थगित, सभामुख एमालेको कार्यकर्ताजस्तो भएको मुख्यमन्त्रीको आरोप
प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्ष दलका एक जना पनि सांसद उपस्थित नभएको भन्दै सभामुख प्रदीपकुमार भण्डारीले मंसिर १ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
बैठक सुरु हुनासाथ सभामुख भण्डारीले आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षका एक जना पनि सांसद उपस्थित नरहेको भन्दै बैठक स्थगित भएको घोषणा गरेका हुन् ।
यसअघि प्रमुख प्रतिपक्ष नेकपा एमालेले मंगलबार बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका थिए । बैठक स्थगित भएपछि मुख्यमन्त्री राजेन्द्र राईले सभामुखको भूमिकामा प्रश्न उठाए । उनले सभामुखले एमालेको कार्यकर्ताको जस्तो भूमिका निर्वाह गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण