शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेशमा बन्द गराउँदै हिँडेका ३४ जना पक्राउ

मङ्गलबार, ३० कात्तिक २०७८, १५ : ४७
मङ्गलबार, ३० कात्तिक २०७८

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । मंगलबार बन्दका क्रममा लुम्बिनी प्रदेशका विभिन्न स्थानबाट ३४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कपिलबस्तुबाट १६, अर्घाखाँचीबाट १२, नवलपरासीबाट ६ गरी ३४ जनालाई पक्राउ गरिएको हो । कपिलबस्तुको ४ नम्बर चोकबाट सो पार्टीका जिल्ला सेक्रेटरी कलक केसीसहित १२, चन्द्रौटाबाट शिवराज नगरपालिका सेक्रेटरी  पावेलसहित ३, गोरुसिङ्गेबाट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विष्णु रावतलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै दाङ र अर्घाखाँचीको सीमाना धानखोलाबाट मनु गिरी, सागर पुनसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई भालुवाङ ईलाका प्रहरी कार्यालयमा राखिएको अखिल नेपाल जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य तुमा तरामुले बताए ।

प्रहरीले नवलपुरको मध्यविन्दु चोरमारबाट विशेष कमिटी सदस्य विश्वाससहित ६ जनालाई नियन्त्रणमा लिएको छ । बन्दका क्रममा लुम्बिनी प्रदेशका राजमार्गमा लामो दुरीका सवारी साधन चलेका छैनन् भने छोटो दुरीका सवारी साधन फाट्टफुट्ट चलेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप