यसरी स्थगित गरियो प्रदेश १ को प्रदेशसभा बैठक
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका भए पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेका कारण असफल भएको छ । उक्त प्रस्ताव टेबल नै नभई मंगलबार प्रदेशसभा बैठक स्थगित भएपछि मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रक्रिया एक दिन पर धकेलिएको हो ।
सभामुख प्रदिपकुमार भण्डारीले मंसिर १ गते बुधबार बस्ने गरी मंगलबार प्रदेशसभा बैठक स्थगित गरेका हुन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेले बन्दको कारण आफ्ना सांसद आउन नसकेको भन्दै बैठक स्थगित गर्न मंगलबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा आग्रह गरेको थियो ।
मुख्यमन्त्री राईले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद सहभागी नभएपछि सभामुख भण्डारीले बैठक स्थगित गरेका हुन् । सभामुख भण्डारीले प्रदेशसभा बैठक सुरु भएलगत्तै संसदमा प्रतिपक्षी दलको उपस्थिति नभएका कारण बैठक स्थगित भएको घोषणा गरे ।
सभामुख भण्डारीले बुधबार बस्ने बैठकमा विपक्षी दलका सांसदहरुलाई अनिवार्य उपस्थित हुन आग्रह गर्दै मंगलबार बैठक स्थगित गरे । संसद नियमावलीमा प्रतिपक्षी दलका कुनै पनि सांसद संसदमा उपस्थित नभए बैठक चल्न नसक्ने उल्लेख छ । सोही अनुसार बैठक स्थगित भएको सभामुखको भनाइ छ ।
एमालेका प्रदेश १ का प्रमुख सचेतक बुद्धिराज राजभण्डारीले बन्दका कारण जिल्ला गएका प्रदेशसभा सदस्य आइ नपुगेकाले प्रदेशसभा बैठक स्थगित गर्न माग राख्दै संसद् सचिवालयमा पत्र बुझाएका थिए ।
विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक सभामुखले एकाएक स्थगित गरेपछि सत्तारुढ दल भने असन्तुष्ट देखिएको छ । सभामुख भण्डारीले नेकपा एमालेको निर्देशनमा प्रदेशसभा बैठक स्थगित गरेको सत्तापक्षको आरोप छ ।
मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रक्रिया बिथोल्न एमालेले बन्दको लफडा झिकेर सत्तापक्षलाई दुःख दिन खोजेको बताए ।
पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा हाल ९२ सांसद कायम छन् । गठबन्धनमा काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ सांसद छन् ।
मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा एमालेका पक्षमा ३९ मतमात्रै हुन्छ । त्यसैले सत्ता गठबन्धनले सजिलै विश्वासको मत हासिल गर्ने अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण