वरिष्ठ गायिका चन्द्रकला शाहलाई राष्ट्रिय संगीतकर्मी पुरस्कार
पाली संगीत क्षेत्रमा करिब साँढे चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान दिएको भन्दै वरिष्ठ लोक गायिका चन्द्रकला शाह पुरस्कृत भएकी छिन् । मंगलबार काठमाडौँमा एक समारोहबीच वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा लगायतले रु ५१ हजार नगद सहित कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार२०७८’बाट पुरस्कृत गरे ।
पछिल्लो समय अमेरिकामा बस्दै आएका गायक कन्हैया सिंह परियारले आफ्नो ५० औँ जन्म दिनको अवसर फजुल खर्च नगरी सो पैसाबाट कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार २०७८ स्थापना गरेका थिए । उनी काठमाडौँ आएको बेलाको अवसर पारेर सो पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले नेपाली लोक संगीत सृजना र भाका सङ्कलनमा चन्द्रकला शाहको अतुलनीय योगदान रहेको बताए । यस्ता स्रष्टालाई करारमा काम गरिरहेको बेला रेडियो नेपालले बिना कारण जागिर खोसेर बेरोजगार बनाएको बेला सिंहले आफ्नो नाममा स्थापित पुरस्कारबाट पुरस्कृत गर्नु प्रशंसनीय कार्य भएको बास्कोटाले धारणा राखे ।
टिका गोपाल डिजिटल एम क्रियसनले आयोजना गरेको सो कार्यक्रममा बोल्दै सरकारले दिएको पुरस्कारभन्दा निजी क्षेत्रबाट प्राप्त यती ठुलो राशिको पुरस्कार आफ्नो लागि अझ महत्त्वपूर्ण भएको गायिका चन्द्रकला शाहले बताइन् । गायिका शाहले पुरस्कारको रकमबाट धेरै समयदेखि रोकिएको आफ्ना गीतहरूको पुस्तक ल्याउने बताइन् ।
गायक कन्हैया सिंहले चन्द्रकलाकै गीत सुनेर/गाएर आफ्नो बाल्यकाल बितेको बताए । यस्ता स्रष्टालाई आज आफ्नो नाममा स्थापित पुरस्कारबाट पुरस्कृत गर्न पाउँदा साह्रै खुसी लागेको उनले बताए ।
कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठ, गायक भीमार्जुन आचार्य, गीतकार माधवराज खरेल लगायतले गायिका चन्द्रकला शाहको योगदानको चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको व्याख्याः मतियारलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्न मुख्य कसुरमा मुद्दा चल्न पर्छ भन्ने छैन
-
सरकारले विश्वविद्यालयमा कस्तो नेतृत्व खोजेको हो ?
-
इप्पानको नयाँ कार्यसमितिले लियो शपथ
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण