कटहरीको ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी
बुधबार, ०१ मङ्सिर २०७८, ०८ : ४६
मोरङको कटहरीस्थित एक उद्योगमा आगलागी भइरहेको छ । ग्लोबल बायो इनर्जी नामक उद्योगमा भएको आगो नियन्त्रणका लागि प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ । पुराना टायर पेलेर तेल उत्पादन गर्दै आएको उद्योगमा बिहान ५ः३० बजेदेखि आगो लागेको हो ।
सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लागेको आगो नियन्त्रणका स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा दमकलको सहायता लिएर आगो नियन्त्रणको प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।
विराटनगर, इटहरी, कानेपोखरी, रङ्गेली, दुहबी लगायतका स्थानबाट गएका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । प्रहरीका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण