प्रमुख प्रतिपक्षको प्रश्न : होटल खर्च जोगाउन हतारिएको हो ?
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रदेश १ का सांसद हिक्मतकुमार कार्कीले सत्ता गठबन्धन राजनीतिक सहमति र सहकार्य गर्ने विषयमा प्रारम्भमै चुकेको बताएका छन् । बुधबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा पेश गरेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै एमाले जस्तो प्रमुख पार्टीलाई भुलेर एकलौटी ढंगले चल्न खोजेको आरोप लगाए । उनले सत्ता गठबन्धनको सरकारले मंसिर १५ गतेसम्म विश्वासको मत लिन सक्ने भएपनि यति छिटै विश्वासको मत लिन किन हतारिएको भनेर प्रश्न गरे ।
‘सत्ता गठबन्धन जोगाउन, होटल खर्च जोगाउन, र सांसदहरुलाई अड्काउन गाह्रो भएकाले हो की ? यो कुरा हामी राम्रोसँग बुझ्छौ’ कार्कीको टिप्पणी छ । उनले सत्ता गठबन्धनले विश्वासको मत दिन गरेको आग्रहप्रति भने, ‘तपाईहरुले दशैं अघि भनेका कुरा सम्झनुस् त ? झण्डा हल्लाएर ससुराली जाने भनेर शब्द प्रयोग गर्नुभयो, हामी त्यसो भन्दैनौ । सरकार पुरा अवधि चलोस् तर हामी गठबन्धनसँग राजनीतिक प्रतिस्पर्धा गर्न तयार छौ ।’
उनले ४० सिट भएका प्रदेशसभामा ६ सिट भएका पार्टीको नेतृत्वमा सरकार बनेको भन्दै यस्तो विडम्बनाको अन्त्य गर्नुपर्ने बताए । उनले नेपाली काँग्रेसको सातो गएको रुपमा बुझेको भन्दै काँग्रेसको उपचार गर्नुपर्ने हो कि जस्तो लागेको टिप्पणी गरे । ‘लोकतन्त्रका लागि काँग्रेस सुदृढ होस यो लोकतन्त्रका लागि आवश्यक छ’, उनले भने, ‘मुख्यमन्त्री राई आफ्नै साथी भएकोमा खुसी लागेपनि पुतलीको खेल जस्तो लागेको छ ।’
उनले प्रदेश सरकार छिटो छिटो परिवर्तन हुँदा जनतामा अविश्वास पैदा हुन थालेको भन्दै त्यसका लागि सांसदहरु बन्धक बनाउने र लोकतन्त्रको बदनाम हुने काम नगर्न चेतावनी दिए ।
‘हेक्का राख्नुस् प्रमुख प्रतिपक्ष कमजोर छैन’, सत्ता गठबन्धनले संविधानको रक्षाको रटान दिने गरेपनि रामशाहपथमा के भइरहेको छ, न्यायालयमा के हुँदैछ ? संवैधानिक निकायमा के भइरहेको छ, के यही हो संविधानको रक्षा ? यसको जवाफको अपेक्षा चाहान्छु’, कार्कीले गठबन्धनबाट जवाफ मागे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण