विश्वासको मत दिन्नौ तर सहकार्य गर्छौ : कार्की
प्रदेश १ नेकपा एमालेका सांसद हिक्मत कार्कीले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई आफ्नो पार्टीले विश्वासको मत दिन नसक्ने बताएका छन् । बुधबार प्रदेशसभामा मुख्यमन्त्री राईको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सत्ता गठबन्धन पार्टी फुटाउने, कार्यकर्ताको मन फुटाउने मात्रै नभएर जन अपेक्षाको सरकार नभएकाले सरकारलाई विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए ।
गठबन्धनप्रति आक्रोश पोख्दै कार्कीले विश्वासको मत नदिए पनि रचनात्मक प्रतिपक्षको भूमिका खेल्न र विकासका काममा सहकार्य गर्न सकिने बताए ।
उनले भने, ‘तपाइँहरुको काम अर्काले गरेका काम खारेज गर्नेमात्र हो ? यस्ता कुरालाई समर्थन गर्न सकिँदैन’ कार्कीको भनाइ छ । त्यस्तै उनले माधव नेपालको नाम लिँदै यो पार्टीलाई जनताले साथ नदिने बताए । ‘जाँड रक्सी खान पाइने छैन । महिलाबाट टाढा रहनुहोला भनेर माधव नेपालले निर्देशन दिएको भिडियो सुनेको छु । तर पार्टी फोर्नुभयो, साम्पेन फोर्नुभयो । कार्यकर्ताको मन फोर्नुभयो । पछि मन्त्रालय पनि फोर्नुहुन्छ । त्यसैले विश्वासको मत दिन सक्दैनौ । तर प्रदेशको विकासका विषयमा सहकार्य गर्न तयार छौ’ कार्कीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण