संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी
सरकारले आजदेखि परीक्षण वितरण थालेको विद्युतीय राहदानी (ई–पासपोर्ट) को पहिलो प्रति संस्कृतिविद् सत्यमोहन जोशीलाई उपलब्ध गराएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागको सभा हलमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा.नारायण खड्काले जोशीलाई पहिलो विद्युतीय राहदानी दिएका हुन् ।
हाल चल्तीमा रहेको मेसिन रिडेबल पासपोर्टलाई विस्थापन गर्नेगरी सरकारले आज (मंसिर १ गते) देखि विद्युतीय पासपोर्ट परीक्षण वितरण थालेको हो । तेस्रो पुस्ताको यो राहदानीलाई अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरण (आईकाओ) ले सुरक्षित मान्यता दिएको छ ।
आजबाट परीक्षण वितरण थालिए पनि राहदानी विभागले विद्युतीय पासपोर्ट वितरण कार्य एक साताभित्रै नियमित र पूर्ण सेवामा परिणत गर्ने जनाएको छ । अत्यावश्यक परेका र एमआरपीलाई बनाउन चाहनेलाई भने विभागले विद्युतीय राहदानी वितरण नियमित नभएसम्म एमआरपी पासपोर्ट नै उपलब्ध गराउनेछ ।
विद्युतीय पासपोर्ट कार्यान्वयन गर्न राहदानी विभागले सन् २०२० डिसेम्बर २० मा फ्रान्सको आईडीईएमआईए आइडेन्टी एण्ड सेक्युरिटीसँग दुई अर्ब ४८ करोड रुपैयाँ बराबरको सम्झौता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा वरीयता : निवर्तमान महामन्त्री बुर्लाकोटी १३औँ स्थानमा
-
सरकारले गर्यो ६ सचिवको सरुवा, अर्याल पुगिन जगेडामा
-
हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र
-
सरकारबाट फिर्ता हुन कांग्रेस मन्त्रीको अटेरी, बैठकमा सहभागी भएनन्
-
तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व सङ्कलन
-
प्रदेश सरकारमा सहभागी हुन कांग्रेस–एमालेसामु नेकपाको तीन सर्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण