दाङमा स्काभेटर दुर्घटना हुँदा अपरेटरको मृत्यु
बिहीबार, ०२ मङ्सिर २०७८, ०८ : २१
दाङमा सडक मर्मतको क्रममा स्काभेटर दुर्घटना हुँदा अपरेटरको मृत्यु भएको छ । विहीबार बिहानै जिल्लाको गलाचुली गाउँपालिका– ५ मा सडक मर्मतको क्रममा रा १ क ९१४ नम्बरको स्काभेटर दुर्घटना हुँदा अपरेटर घोराही– १० नारायणपुरका २२ वर्षीय सुनिल विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
स्काभेटर पर्यटकीय स्थल बंगलचुली टावर जाने सडक मर्मतको दुर्घटना भएको हो । दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका छन् ।
घुम्तीमा सडक मर्मतको क्रममा माटोमा भासिएर स्काभेटर दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबिच बढ्यो दुरी
-
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
-
‘इनसाइडर ट्रेडिङ’को आरोपपछि ट्रम्पका टेलिप्रम्प्टर अपरेटरमाथि छानबिन
-
पशु वधशाला र मासु जाँच ऐन देशभर ३ चरणमा कार्यान्वयन गरिने, उपत्यका पहिलो प्राथमिकतामा
-
बाढी र डोजरले लखेटिएका सुकुमबासीहरूको कहिल्यै नसकिने सास्ती
-
बिजुलीको ट्रिपिङ र न्यून भोल्टेजले उद्योगी हैरान : ६०% भन्दा बढी उद्योग जेनेरेटरकै भरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण