रौतहटमा छुट्टाछुट्टै घटनामा एक बालकसहित दुई जनाको मृत्यु
बिहीबार, ०२ मङ्सिर २०७८, १० : ०९
रौतहट । छुट्टाछुट्टै घटनामा परेर रौतहटमा एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ । देवाही गोनाही नगरपालिका–७ का अमोध पासवानका ३ वर्षका छोरा कुश पासवानको बुधवार साँझ नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । आमाबुवा काम गरिरहेको बेला खेलिरहेका बालक अचानक नहरमा खस्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, गरूडा नगरपालिका–५, महम्मदपुरका २६ वर्षीय नन्दकिशोर यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । विद्युतको तार लगेर मोटरबाट खेतमा पानी तान्ने क्रममा करेन्ट लागेर घटनास्थलमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डीएसपी श्रीराम भण्डारीले जानकारी दिए । मृतक दुवैजनाको शवको पोष्टमार्टमपछि अभिभावकको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण