रोल्पामा बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु
शुक्रबार, ०३ मङ्सिर २०७८, १० : ०१
बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–४ तार्केबाङ सहिदमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले जानकारी दिए ।
दुर्घटनामा परी मृत्यु हुनेमा एक महिला र तीन पुरुष रहेका छन् । मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ बस्ने ४० वर्षीय चालक वीरमान बुढा, सोही गाउँपालिका–६ बस्ने ५० वर्षीय कुमार पुन, वडा नं १ बस्ने २९ वर्षीय दीपक रोका रहेको प्रहरीले बताएको छ । एक महिलाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
बस सहिदमार्गबाट २०० मिटर तल खोलामा खसेको छ । गत हप्ता माडी गाउँपालिका घर्तीगाउँको बजार नजिकै जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबिच बढ्यो दुरी
-
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
-
‘इनसाइडर ट्रेडिङ’को आरोपपछि ट्रम्पका टेलिप्रम्प्टर अपरेटरमाथि छानबिन
-
पशु वधशाला र मासु जाँच ऐन देशभर ३ चरणमा कार्यान्वयन गरिने, उपत्यका पहिलो प्राथमिकतामा
-
बाढी र डोजरले लखेटिएका सुकुमबासीहरूको कहिल्यै नसकिने सास्ती
-
बिजुलीको ट्रिपिङ र न्यून भोल्टेजले उद्योगी हैरान : ६०% भन्दा बढी उद्योग जेनेरेटरकै भरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण