इलाममा काँग्रेस निर्वाचन : प्रदेश १ मा माया लिम्बु निर्वाचित
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा अधिवेशनमा इलामको निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को सभापतिमा मैया लिम्बु निर्वाचित भएकी छन् । दुई प्रतिस्पर्धीलाई पछि पार्दै मैया प्रदेशसभा निर्वाचनमा जिल्लाकै एक्ली महिला सभापति बन्न सफल भएकी हुन् ।
लिम्बुले १२३ मत प्राप्त गरिन् । उनको निकटतम प्रतिस्पर्धी पुनम गुरुङले १०४ मत पाए भने रमेशचन्द्र सुवेदीले ८१ मत प्राप्त गरेका छन् । उपसभापतिमा ज्ञानबहादुर राई र मोहनकुमार गुरुङ निर्वाचित भएका छन् । राईले १४४ र गुरुङले १२५ मत प्राप्त गरे । प्रतिस्पर्धी बासुदेव अधिकारीले ११० मत, भोला भण्डारीले ९६ मत र नीरबहादुर फागोले ७० मत प्राप्त गरेका छन् ।
सचिवमा कुसुम दाहाल र मनोज लेप्चा निर्वाचित भएका छन् । दाहालले १४५ र लेप्चाले १३९ मत प्राप्त गरे । सचिवमा पराजित बनेका तारा न्यौपानेले ११० मत, राम घिमिरेले १०२ मत, बसुधा मोक्तान प्रधानले ६९ मत प्राप्त गरिन् ।
सहसचिवमा सीता घिसिङ र मखन गुरुङ निर्वाचित भए । घिसिङले २४४ र गुरुङले १४७ मत पाएका छन् । प्रतिस्पर्धी कृष्णबहादुर राईले १२७ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण