पौडेल पक्षको आरोप– गृहमन्त्री कै योजनामा मण्डले शैलीमा आक्रमण भयो
मतगणनाका क्रममा आक्रमणमा परी घाइते भएका काँग्रेसका नेता समर्थकहरूले गृहमन्त्री बालकृष्ण खाँणको योजनामा आफूहरूमाथि आक्रमण भएको आरोप लगाएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारत घाइते नेता तथा समर्थकहरूले अस्पतालमै आयोजित पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएका हुन् ।
उनीहरूले गृहमन्त्री तथा पार्टी नेता खाँणका भाइ काँग्रेस रुपन्देहीका सचिव समेत रहेको रामकृष्ण खाँणको निर्देशनमा आक्रमण भएको आरोप लगाए । मण्डले शैलीमा आक्रमण भएको भन्दै उनीहरूले आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने नाममा अर्को समूहमाथि आक्रमणमा उत्रिनु खेदजनक र निन्दनीय भएको बताए ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (क) का उम्मेदवार पुरनप्रसाद श्रेष्ठले गृहमन्त्री बालकृष्ण खाँणका भाइ रामकृष्ण खाँणको निर्देशनमा आक्रमणको भएको सूचना पाएको बताए । तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा आएको समूहले काँग्रेस नेता शैलेस पन्तमाथि साङ्घातिक आक्रमण गरेको बताउँदै उनले सत्ता र शक्तिको आडमा गुण्डा परिचालन गरेर चुनाव आफ्नो पक्षमा पार्ने कोसिस गरिएको बताए ।
राति मतगणना चलिरहँदा देउवा पक्षका कार्यकर्ता पुगेर जेनेरेटर बन्द गरी आक्रमण थालेका थिए । आक्रमणमा प्रदेश निर्वाचन क्षेत्रका सचिव पदका उम्मेदवार पन्तसहित पाँच जना कार्यकर्ता घाइते भएका छन् । गम्भीर घाइते पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ भने अन्य चार जनाको भीम अस्पताल भैरहवामा उपचार भैरहेको छ । निर्वाचनमा पराजित हुने डरले देउवा पक्षले आक्रमण गरेको पौडेल पक्षको आरोप छ ।
र काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले आफ्नो संलग्नताको आरोप अस्वीकार गर्दै मतगणना स्थलमा नभई बाहिर झडप भएको र यो विषयलाई गृहमन्त्रीसँग जोड्न आवश्यक नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण