सङ्खुवासभामा लडेर एक मजदुरको मृत्यु
शनिबार, ०४ मङ्सिर २०७८, २० : ५७
सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा शौचालय जाने क्रममा लडेर एक मजदुरको मृत्यु छ । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–८ का ३१ वर्षीय राजु माझी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शुभेष अधिकारीले जानकारी दिए ।
माझी गएराति १० बजे शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएका थिए । लडेर घाइते भएका माझीको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको प्रहरी प्रवक्ता अधिकारीले बताए । माझी उत्तर दक्षिण कोसी सडक आयोजनाको निर्माण गर्ने स्वामी नारायण कन्स्ट्रक्सनका मजदुर हुन् ।
उनी केही महिनायता स्वामी नारायण कन्स्ट्रक्सनमा काम गर्दै आएका थिए । उनको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण