काँग्रेस अधिवेशन : मोरङका १२ प्रदेशसभा क्षेत्रमध्ये दुई वटामा संस्थापन पक्ष विजयी, ८ वटामा इतर पक्षका सभापति
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङका प्रदेशसभा निर्वाचन क्षेत्रमा कोइराला–पौडेल समूह बलियो देखिएको छ । निर्वाचन परिणाम अनुसार मोरङका १२ प्रदेशसभा निर्वाचन क्षेत्रमा देउवा पक्षीय दुई जनामात्र सभापतिमा विजयी भएका छन् । अन्य सबै क्षेत्रमा कोइराला–पौडेल समूहले नेतृत्व हात पारेको छ ।
जिल्लाका १२ मध्ये चार वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको हो । आठ वटामा भने शनिबार निर्वाचन भएको थियो । आइतबार बिहान प्राप्त मत परिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा नरबहादुर तामाङ र ‘ख’ मा राजकुमार लामा निर्वाचित भएका छन् । लामा सर्वसम्मत् सभापति भएका हुन् ।
यसैगरी निर्वाचन क्षेत्र नम्बर २ ‘क’ मा कन्यैहालाल राजवंशी र ‘ख’ मा देवेन्द्र बस्नेत विजयी भएका छन् । कन्हैयालाल पनि सर्वसम्मत् सभापति भएका हुन् ।
निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ मा गंगा याक्खा र ‘ख’ मा जगतलाल चौधरी, क्षेत्र नम्बर ४ ‘क’ मा एकाराम माझी र ‘ख’ मा सुवोध निरौला सभापतिमा निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ मा अचानु खाँ गन्गाई र ‘ख’ मा जितु साह विजयी भएका छन् । उनीहरु सर्वसम्मत भएका हुन् । काँग्रेस नेता अमृत अर्यालको समर्थन र सहयोगमा निर्वाचित उनीहरु देउवा पक्षका उम्मेदवार हुन् ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘क’ मा दिपक भगत र ‘ख’ मा मधुबाबु तिवारी सभापतिमा विजयी भएका छन् ।
यस्तै, हरेक निर्वाचन क्षेत्रबाट १६ जना प्रदेश अधिवेशन प्रतिनिधि चयन भएका छन् । जिल्लाबाट जम्मा १९२ जना अधिवेशन प्रतिनिधिले प्रदेश पदाधिकारी चयन गर्न मत खसाल्ने छन् ।
मोरङ काँग्रेसका अनुसार जिल्लामा जम्मा ३ हजार ५५१ क्षेत्रीय प्रतिनिधि विजयी भएका थिए । प्रदेश प्रतिनिधि र पदाधिकारी चयन गर्न तीमध्ये करिब ९९ प्रतिशतले मत खसालेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण