मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा 'कब्जा' गर्नेको पक्षमा गृहमन्त्री
गृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाणले रुपन्देहीको मोतीपुरमा जग्गा घटाएर भएपनि औद्योगिक क्षेत्र स्थापना गर्न सकिने बताएका छन् । हाल बसिरहेकाहरुलाई जबरजस्ती हटाएर जानुभन्दा औद्योगिक क्षेत्रको जग्गा घटाएर भएपनि औद्योगिक क्षेत्र स्थापना गर्न सकिनेतर्फ सरकारले सोच्नुपर्ने उनको भनाइ छ ।
लायन्स आँखा अस्पताल बुटवलको रजत महोत्सवको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री खाणले औद्योगिक क्षेत्रको जग्गामा बसोबास गरिरहेका मोतीपुर फर्साटिकर र अमुवाका जनताको पक्षमा आफू रहेको बताए ।
मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर भएपनि औद्योगिक क्षेत्रको जग्गामा बसिरहेकालाई हटाउन नहुने बताउँदै प्रमुख जिल्ला अधिकारीलाई सोही अनुसारको व्यवस्था गर्न समेत उनले निर्देशन दिएका छन् । केही महिना पहिले मोतीपुर क्षेत्रका जग्गा अतिक्रमणको विषयलाई लिएर गोली चल्दा ४ जना मृत्यु भएको थियो । सो क्षेत्रमा सुकुम्बासीहरुले औद्योगिक क्षेत्रको जग्गा कब्जा गरेर बस्दै आएको बताइएको छ । यो ठाउँ गृहमन्त्री खाणको गृहजिल्ला हो ।
खाणले एमाले उपमहासचिव विष्णु पौडेल र मञ्चमा बसिरहेका लुम्बिनी प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठप्रति संकेत गर्दै बुटवललाई राजधानी बनाउँछु भनेर जनतासँग भोट माग्नेहरुबाटै राजधानी अन्तै सार्ने काम भएको आरोप लगाए ।
उनले देउवा नेतृत्वको सरकार बनेपछि प्रहरी संगठनमा व्यापक सुधार भएको दाबी दावी समेत सो क्रममा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबिच बढ्यो दुरी
-
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
-
‘इनसाइडर ट्रेडिङ’को आरोपपछि ट्रम्पका टेलिप्रम्प्टर अपरेटरमाथि छानबिन
-
पशु वधशाला र मासु जाँच ऐन देशभर ३ चरणमा कार्यान्वयन गरिने, उपत्यका पहिलो प्राथमिकतामा
-
बाढी र डोजरले लखेटिएका सुकुमबासीहरूको कहिल्यै नसकिने सास्ती
-
बिजुलीको ट्रिपिङ र न्यून भोल्टेजले उद्योगी हैरान : ६०% भन्दा बढी उद्योग जेनेरेटरकै भरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
