काँग्रेसमा २१ दिनपछि नयाँ नेतृत्व
नेपाली काँग्रेसले अबको २१ दिन पछि नयाँ नेतृत्व पाउँदै छ । काँग्रेसको केन्द्रीय नेतृत्व छान्न १४ औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुँदै छ । काँग्रेस नेतृत्व हात पार्न हालका सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह तथा नेता गोपालमान श्रेष्ठ र नेत्री सुजाता कोइराला अघि बढेका छन् ।
कतिपय नेताहरूले त सम्पर्क कार्यालय नै खोलेर चुनावी अभियान सुरु गर्दै आइसकेका छन् । कतिपय आन्तरिक रूपमा भेटघाटका लागि दौडाहामा छन् । कांग्रेस विधानमा सभापतिमा जति जना मैदानमा उत्रिए पनि निर्वाचित सभापतिपछि हार्नेमध्ये दोस्रो बढी मत ल्याउने व्यक्ति मात्रै सम्बन्धित कार्यसमितिको सदस्य हुन्छन् । दोस्रो मत नपाए अन्य उम्मेदवारहरू त्यो कार्यसमितिको कार्यकालभर कार्यसमिति बाहिरै बस्नुपर्छ ।
‘पार्टीका सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ,’ कांग्रेस विधानमा उल्लेख छ ।
काँग्रेस विधानको परिच्छेद १० अन्तर्गत केन्द्रीय विभागसम्बन्धी व्यवस्थाको विभागहरूको काम, कर्तव्य र अधिकारअन्तर्गत ६५ नम्बर बुँदामा सोसम्बन्धी स्पष्ट व्यवस्था उल्लेख छ । कांग्रेस नेता मीन विश्वकर्माले विधानमा उल्लेख भएअनुसार सभापतिपछि दोस्रो मत ल्याउने नेता मात्रै केन्द्रीय समितिमा सदस्यका रूपमा रहने प्रस्ट व्यवस्था रहेको बताए । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी अनुदानका खानेपानी स्रोतबाट चर्को शुल्क नलिन प्रशासनको चेतावनी
-
पुजालाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट किन पछि हट्यो आयोग ?
-
जर्मनीको प्रशिक्षकत्व सम्हाल्न क्लोप सहमत, नागेल्समानको स्थान लिने
-
१० बजे १० समाचार : आत्मदाहको प्रयास गरेका राउतको निधन, होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली
-
विश्वकप क्वार्टरफाइनल : मेस्सीले फेरि देखाउलान् जादु ?
-
बझाङ जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, १३ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण