रुपन्देहीमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु
सोमबार, ०६ मङ्सिर २०७८, १५ : २७
रुपन्देहीमा भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका–७ मेडरहवास्थित सडकमा बाटो क्रस गर्नेक्रममा टिपरको ठक्करबाट स्थानीय सन्तराम लोधको मृत्यु भएको छ ।
बागमती प्रदेश ०३–००१ क ०२५२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री ६२ वर्षीय लोधलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
त्यस्तै रुपन्देहीको मायादेवी गाउँपालिका–४ बर्सौली बस्ने ३५ वर्षीया बासमती केवट मृत अवस्थामा फेला परेकी छन् । उनी घरमै मृतावस्थामा फेला परेकी हुन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि तथा पशुपन्छी कार्यक्रमको प्रगति विवरण बुझाउन स्थानीय तहलाई निर्देशन
-
शाही उत्तराधिकारका नियम खुकुलो बनाएपनि जापानमा महिलाको हकमा प्रतिबन्ध यथावत्
-
नयाँ नियमावलीको विरोधमा शैक्षिक परामर्श व्यवसायी सडकमा
-
खाली पेटले बदलिएको भारतको राजनीति : वाङचुकको अनशनले दोहोर्याउला इतिहास ?
-
चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई व्यापारिक स्वार्थबाट मुक्त राख्न डा.केसीको माग
-
हवाइ रुटबारे छलफल गर्न भारत सकारात्मक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण