सर्वोच्चको पूर्ण बैठक मंगलबार राख्ने तयारी
गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य प्रारम्भ गर्न मंगलबार सर्वोच्च अदालतको पूर्ण बैठक राख्ने तयारी भएको छ । सोमबार सर्वोच्च अदालत नियमावली २०७४ को संशोधन राजपत्रमा प्रकाशन भएपछि मंगलबारका लागि पूर्ण बैठक राख्न लागिएको हो ।
सर्वोच्च अदालत स्रोतका अनुसार गोलाप्रथाबाट पेसी व्यवस्थापन गर्नेसम्बन्धी नियमावली र निर्देशिका राजपत्रमा प्रकाशन भएपछि पेसी व्यवस्थापन निर्देशन समिति बनाउन फुलकोर्ट बस्न लागेको हो । पेसी व्यवस्थापनसम्बन्धी निर्देशिकामा पेसी व्यवस्थापन निर्देशन समितिमा प्रधानन्यायाधीश र दुईजना वरिष्ठतम् न्यायाधीश तथा मुख्य रजिष्ट्रार गरी ४ सदस्य रहने उल्लेख छ । त्यसै निर्देशिकालाई कार्यान्वयनका लागि फुलकोर्ट बैठक बस्न लागेको हो ।
मंगलबार सर्वोच्चको पूर्ण बैठक बसेको अवस्थामा सोही बैठकले मिति तोकेर गोलाप्रथाबाट पेसी व्यवस्थापन गर्नेबारे निर्णय गर्नेछ । मंगलबार नै सर्वोच्चको पूर्ण बैठक बसेको अवस्थामा पनि बुधबारबाटै गोलाप्रथा सुरु हुने सम्भावना भने कमै छ ।
एक न्यायाधीशका अनुसार फुलकोर्ट बैठकले पेसी व्यवस्थापन सम्बन्धी निर्णय गर्ने भएपनि गोलाप्रथाको तयारी पूरा भइसकेको छैन । उनका अनुसार एक दुई दिनमै गोलाप्रथा सुरु गरिहाल्न सक्ने गरी सर्वोच्च प्रशासन तयार नभइसकेको हुँदा प्रशासन र सूचना प्रविधि टिमसँग बसेर छलफल गरेपछि गोलाप्रथाबाट पेसी व्यवस्थापन सुरु गर्ने दिन तोकिनेछ ।
यद्यपि ढिलोमा पनि एक साताभित्रै गोलाप्रथाबाट पेसी तोक्नेसम्बन्धी व्यवस्था गर्न न्यायाधीशहरूले दबाव दिएको ती न्यायाधीशले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
