आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

नेता बानियाँ सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित

मङ्गलबार, ०७ मङ्सिर २०७८, ११ : ५६
मङ्गलबार, ०७ मङ्सिर २०७८

नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत सहित निर्वाचित भएका छन् ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार भएको मतदानको आज बिहान आएको मत परिणाम अनुसार नेता बानियाँ मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुलातर्फ खसेको कुल ७४८ मत मध्ये सर्वाधिक ६७६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

यसै गरी बानियाँसहित प्रत्यक्ष खुल्लातर्फबाटै आनन्दराम पराजुली (६११), अमृतकुमार लामा (५७७), विष्णु कुमार लामिछाने (४९३), दिनेश उपाध्याय (४८६), रघुरमण न्यौपाने (४८४), प्रभात कुमार दाहाल (४५५), माइक रामचन्द्र अर्याल (४५५), राम बाबु बानियाँ (४४१) र ताराचन्द्र बजगाईँ (४०५) निर्वाचित भएका छन् । 

महाधिवेशन प्रतिनिधिका लागी प्रत्याशी रहेका शेर बहादुर लामा (३९६), राजु खतिवडा (३८९), होम नाथ गौतम (३०७) र चोक बहादुर ठाडा मगर (२६९) मत प्राप्त गरेका पनि निर्वाचित हुन भने सकेनन् । यसै गरी खुल्ला महिला तर्फ उर्मिला पुलामी (५९७), प्रवित्रा बिक (५८३), अञ्जना उपाध्याय (४८७) र मिरा बन्जारा (४७२) निर्वाचित भएका छन् । 

महिला खुल्लामा प्रत्याशी रहेकी नेपाली काङ्ग्रेसकी नेतृ रिता खनालले ३८८ मत प्राप्त गरे पनि जितका लागि पर्याप्त हुन सकेन । यस्तै प्रत्यक्ष जनजाति खुला तर्फ भएको मतदानबाट चम्पुरत्न लामा (४९६),  अशोकराज शाक्य (४५६) शुभात थिङ (४७०) विजयी विजयी भएका छन् । 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को सचिवमा संगामी र लामा निर्वाचित

मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ क्षेत्रीय समितिको  सचिवमा दोर्जे लामा स्याङतान र कविन संगामी निर्वाचित भएका छन् । सोमबार भएको क्षेत्रीय समितिको निर्वाचनमा लामा ५५४ मत र संगामी ४९९ मतसहित निर्वाचित भएका हुन् ।

सचिव पदका अर्का उम्मेदवार रमेश ढकालले २५५ मत पाएका थिए तर त्यो जितका लागि पर्याप्त हुन सकेन । यसअघि क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापतिमा दामोदर खनाल निर्विरोध निर्वाचित भएका थिए । सभापतिका लागी उम्मेदवारी घोषणा गरेका धर्मराज लामिछानेले नाम फिर्ता लिएपछि खनाल संघीय सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप