तेह्रथुमका ६ वटै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन
मङ्गलबार, ०७ मङ्सिर २०७८, १२ : ०१
एमाले तेह्रथुमले नयाँ नेतृत्व चयन गर्दै पालिका अधिवेशन सम्पन्न गरेको छ । म्याङलुङ नगरपालिकामा गोविन्दबहादुर सोदेम्बा, फेदाप गाउँपालिकामा राम तिम्सिना, आठराईमा प्रेमराज पौडेल, मेन्छ्यायेम यादबबहादुर खापुङ, लालीगुराँस नगरपालिकामा गणेश सेने र छथर गाउँपालिकामा धर्मराज खुलाल चयन भएको एमाले तेह्रथुमका प्रचार विभाग प्रमुख तथा कार्यालय सदस्य छत्र रिमालले बताए ।
९ कात्तिकमा देशैभर पालिका अधिवेशन तोकिए पनि बाढीपहिरोका कारण तोकिएको समयमा तेह्रथुममा पालिका अधिवेशन हुन सकेको थिएन । करिब दुई सातापछि वडा अधिवेशन सम्पन्न गरेको एमाले तेह्रथुमलाई पालिका अधिवेशनमा नयाँ नेतृत्व चयन गर्न सकस भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण