पाल्पामा पौडेल पक्ष हाबी
पाल्पा जिल्लामा नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्रसँगै संघीय निर्वाचन क्षेत्रमा समेत पौडेल पक्षको हाबी देखिएको छ । पाल्पाको क्षेत्र नं.१ र २ मा मंगलवार भएको मतदानको आज बिहान प्रकाशित नतिजाअनुसार दुवै क्षेत्रमा रामचन्द्र पौडेल विजयी भएका छन् । पाल्पामा पौडेलनिकट जिल्ला सभापति वीर बहादुर रानाको पक्षका उम्मेदवारहरू विजयी भएका छन् ।
यहाँ वीरबहादुर राना र देउवानिकट पूर्व सांसद हरि नेपालको समूहले चुनावी मैदानमा उत्रिएको थियो । जसमा राना पक्षको हाबी भएको छ । नेपाली काँग्रेस पाल्पा क्षेत्र नं २ को मत सङ्ख्या ७ सय ४ रहेकोमा सभापतिमा पौडेल पक्षका मुक्तिराम जिसीले ४६० ल्याएर विजयी भएका छन् उनका निकटतम प्रतिद्वन्द्वी देउवा पक्षका यादव सिंह कार्कीले २ सय १४ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । यस्तै क्षेत्र नं. १ मा क्षेत्रीय सभापतिमा पौडेल समूहकै झमान राज मगर विजयी भएका छन् । उनले ३ सय ४८ मत प्राप्त गर्दा देउवा समूहका विष्णु बोम्रेलले ११२ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबिच बढ्यो दुरी
-
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
-
‘इनसाइडर ट्रेडिङ’को आरोपपछि ट्रम्पका टेलिप्रम्प्टर अपरेटरमाथि छानबिन
-
पशु वधशाला र मासु जाँच ऐन देशभर ३ चरणमा कार्यान्वयन गरिने, उपत्यका पहिलो प्राथमिकतामा
-
बाढी र डोजरले लखेटिएका सुकुमबासीहरूको कहिल्यै नसकिने सास्ती
-
बिजुलीको ट्रिपिङ र न्यून भोल्टेजले उद्योगी हैरान : ६०% भन्दा बढी उद्योग जेनेरेटरकै भरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण