वडा अध्यक्षको निधनमा बुटवल उपमहानगर आज बन्द
मङ्गलबार, ०७ मङ्सिर २०७८, १२ : ३८
बुटवल उप–महानगरपालिकाले वडा अध्यक्षको निधनमा शोक बिदा दिएको छ । उपमहानगरको वडा नम्बर ३ का अध्यक्ष लालप्रसाद बस्यालको निधनमा मंगलबार एक दिन बिदा दिइएको हो । बस्यालको सोमबार आफ्नै घरमा लडेर निधन भएको थियो ।
उपमहानगरपालिकाले जारी गरेको सूचनामा सबै वडाहरूमा अत्यावश्यक बाहेका सम्पूर्ण सेवा बन्द गरिने उल्लेख गरिएको छ । बस्याल एमालेबाट वडामा निर्वाचित भएका थिए । सोमबार आफ्नै घरको शौचालयमा लडेर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ७३ वर्षिय बस्यालको निधनको शोकमा उपमहानगरमा मंगलबार बिहान शोक सभा समेत राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबिच बढ्यो दुरी
-
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
-
‘इनसाइडर ट्रेडिङ’को आरोपपछि ट्रम्पका टेलिप्रम्प्टर अपरेटरमाथि छानबिन
-
पशु वधशाला र मासु जाँच ऐन देशभर ३ चरणमा कार्यान्वयन गरिने, उपत्यका पहिलो प्राथमिकतामा
-
बाढी र डोजरले लखेटिएका सुकुमबासीहरूको कहिल्यै नसकिने सास्ती
-
बिजुलीको ट्रिपिङ र न्यून भोल्टेजले उद्योगी हैरान : ६०% भन्दा बढी उद्योग जेनेरेटरकै भरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण