सरकारद्वारा चार अर्ब रुपियाँ कर फिर्ता
गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले करिब चार अर्ब रुपियाँ कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयहरूले गत आवमा तीन अर्ब ९५ करोड रुपियाँ कर फिर्ता गरेका हुन् । विभागका अनुसार कूटनीतिक निकाय तथा कूटनीतिज्ञको मूल्य अभिवृद्धि कर र सरकारले समय–समयमा दिँदै आएको कर छुट सुविधासमेत गरेर उक्त रकम बराबरको कर फिर्ता गरिएको हो । गत आवमा कर फिर्ताका लागि एक हजार ५१८ वटा दाबी परेका थिए । ती सबैबाट १९ अर्ब २४ करोड ३८ करोड रुपियाँ कर फिर्ताको दाबी गरिएको विभागले जनाएको छ ।
त्यसमध्ये एक हजार १२४ वटा दाबीको तीन अर्ब ९५ करोड ६४ लाख रुपियाँ मात्र कर फिर्ता गरिएको विभागको वार्षिक प्रतिवेदनमा उल्लेख छ । बाँकी करिब १५ अर्ब २९ करोड रुपियाँ कर फिर्ता दाबी भने विभागले अस्वीकृत गरेको छ । कर फिर्ता दाबीभन्दा फिर्ता दिइएको वास्तविक कर फिर्ता कम हुनुमा दाबीकर्ताले रीतपूर्वक बिलबिजक पेस नगरेको र ऐनबमोजिमको प्रक्रिया पूरा नगरेको पाइएको विभागले जनाएको छ । खासगरी कूटनीतिक निकाय, कूटनीतिज्ञ एवं विभिन्न कूटनीतिक एजेन्सीहरू, लगातार क्रेडिटको आधारमा र लगातार चार महिना प्रयोग नगरिएको भुक्तान, निकासी, प्राजेक्ट, एजेन्सीलाई उक्त कर फिर्ता गरिएको देखिन्छ । यसरी फिर्ता गरिएको कर यसअघिको आर्थिक वर्षको तुलनामा १५ करोड रुपियाँले बढी हो । आर्थिक वर्ष २०७६/७७ विभागबाट तीन अर्ब ८० करोड रुपियाँ कर फिर्ता भएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुजालाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट किन पछि हट्यो आयोग ?
-
जर्मनीको प्रशिक्षकत्व सम्हाल्न क्लोप सहमत, नागेल्समानको स्थान लिने
-
१० बजे १० समाचार : आत्मदाहको प्रयास गरेका राउतको निधन, होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली
-
विश्वकप क्वार्टरफाइनल : मेस्सीले फेरि देखाउलान् जादु ?
-
बझाङ जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, १३ जना घाइते
-
जेनजी अभियन्तामाथि भएको कुटपिट र धरपकडप्रति प्रलोपाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण