कुटाकुट भएको रूपन्देही २ मा पौडल पक्षका लम्साल विजयी
नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट रुपन्देही क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी भएका छन् । मंगलबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट १६० मत अन्तरले पार्टीको संस्थापन इतर समुहका लम्साल विजयी भएका हुन्।
पौडेल पक्षका सभापतिमा विजयी लम्सालले ४०२ मत प्राप्त गर्दा देउवा पक्षका अर्का प्रतिस्पर्धी काजिमान श्रेष्ठले २४२ मत प्राप्त गरेको प्रमुख मतदान अधिकृत टिकाराम शर्माले बताए ।
त्यस्तैगरी सचिव पदमा श्रेष्ठ समुहका उम्मेदवार प्रजापाल गिरी र लम्साल समूहबाट बिमलराज भट्टराई निर्वाचित भएका छन् । सचिवमा निर्वाचित श्रेष्ठ समुहका गिरीले ४२९ मत र लम्साल समूहबाट निर्वाचित भट्टराईले ३६८ मत प्राप्त गरेका छन्।
सहसचिव पदमा लम्साल समुहका मिलन थापा (३५१) र राजबहादुर क्षेत्री (३४०) मत सहित विजयी भएका छन् । महाधिवेशन प्रतिनिधिमा पनि मिश्रित परिणाम आएको छ । गएराति यहाँ मतगणना विवाद हुँदा पौडेल पक्षका महाधिवेशन प्रतिनिधि दिध वहादुर केसीमाथि हातपात भएको थियोे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
-
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
-
चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
-
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
