मोटरसाइकललाई बसले ठक्कर दिँदा माओवादी केन्द्रका नेताको मृत्यु
बुधबार, ०८ मङ्सिर २०७८, ०९ : ०३
नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणी) को सवारी दुर्घटनामा परी ज्यान गएको छ । मोटरसाइकलमा सवार बन्जाडेले गएराति बुटवलको जीतगढीमा बसले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पश्चिमबाट बुटवलतर्फ आउँदै गर्दा गरेको ना ७ ख ९०६ नम्बरको बसले उनी सवारी लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनामा मोटरसाईकल चालक पाल्पा रामपुरका जीतबहादुर थापा गम्भीर घाइते भएका छन् ।
घाइते भएका बन्जाडेको बुटवलको लुम्बिनी सिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अस्पतालले उपचारकै क्रममा बन्जाडेलाई मृत घोषणा गरेको हो । बन्जाडे नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
-
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
-
चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
-
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण