गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा २१६ जनामा गरिएको नमूना परीक्षणमा १७ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ८ महिला र ९ पुरुष रहेका छन् ।
प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ९,स्याङजा १, तनहुँ १,पर्वत १ र नवलपरासी पूर्वमा ५ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ८४१ पुगेको छ ।
गण्डकीमा थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ, घिरिङ गाउँपालिका–५ की ६३ वर्षीय महिला रहेकी छिन् । उनको पोखरास्थित संक्रामक तथा सरुवा रोग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१३ पुगेको छ ।
प्रदेशमा पछिल्लो चौबिस घण्टामा ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार २५९ पुगेको छ भने होम आइसोलेसनमा १४१ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १६९ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमाञ्चक पुनरागमन गर्दै रियल फाइनलमा
-
बागमती प्रदेश : सहमतिमा संसदीय समितिका सभापति चयन गर्ने सरकारको तयारी
-
तीन मौसमी प्रणालीको असर नेपालमा, कहाँ कहाँ हुनेछ वर्षा ?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप