दाङ ३ मा खड्का निर्वाचित
दाङ क्षेत्र नम्बर ३ को संघीय सभापतिमा जगतबहादुर खड्का निर्वाचित भएका छन् । खड्काको प्यानल नै निर्वाचित भएको छ । खड्काको यो लगातार तेस्रो जित हो । उनी संस्थापन इतरका नेता हुन् । निर्वाचित खड्काले ४ सय ३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी संस्थापन पक्षधर सुरेन्द्र खड्काले ३ सय ११ प्राप्त गरे । एकल उम्मेदवार किरण बहादुर शाहले भने ६८ मत मात्रै प्राप्त गरे ।
त्यस्तै सचिव पदमा खड्का प्यालनका सोभाखर सापकोटाले ४ सय ६० र पूर्णबहादुर खत्रीले ४ सय १६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धी रवि बुढाथोकीले ३ सय ३५ र भेषराज डाँगीले ३ सय ५ मत प्राप्त गरेका थिए ।
त्यस्तै सहसचिव पदमा भीमकान्त भट्टराईले ४ सय ४८ र डेफुलाल चौधरीले ३ सय ३८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धी भूपबहादुर केसीले ३ सय ७३ र तनुजसिंह वलिले २ सय ६४ मत प्राप्त गरेका थिए । दाङको निर्वाचन क्षेत्र नम्बर ३ मा कूल ८ सय ४७ मतदाता मध्ये ८ सय ४४ जनाले मतदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
-
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
-
चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
-
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण