रुपन्देहीमा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते
बिहीबार, ०९ मङ्सिर २०७८, १२ : ३१
पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते भएका छन् । काठमाडौंदेखि दाङ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुबाहक बस र रुपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २५२ नम्बरको माइक्रो सैनामैनाको मुर्गियामा ठक्कर खाएका हुन् ।
दुर्घटनामा दुबै सवारी साधनका चार–चार जना यात्रु घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको र उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै सवारी र चालकलाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
-
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
-
चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
-
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण