तिलगंगाबाट ३३ लिटर रक्तचन्दनको तेलसहित १० जना पक्राउ
काठमाडौंको तिलगंगाबाट प्रहरीले रक्त चन्दनको तेलसहित १० जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ १० जनालाई ३३ लिटर रक्त चन्दनको तेलसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा सिन्धुली घर भएका काठमाडौं बानियाटार बस्ने ५० वर्षीय हेम कुमार श्रेष्ठ, मकवानपुर घर भएका ललितपुर सानुगाउँ बस्ने ३९ वर्षीय नबीन भनिने मंगल सिंह लो, काठमाडौं टोखाका ३७ वर्षीय ईक्रम श्रेष्ठ, काभ्रे घर भई महाराजगंज बस्ने २३ वर्षीय घनश्याम आले मगर, काठमाडौं तिलगंगाका ५१ वर्षीय मदन पोडे, खोटाङ हलेसी घर भएका चावहिल बस्ने २० वर्षीय जीवन थापा, तनहुँ भानु घर भई सामाखुसी बस्ने २५ वर्षीय सुदिप थडराई, छाउनीका ५३ वर्षीय अनिल चरण श्रेष्ठ र सोही स्थानका ५१ वर्षीय अनुप कुमार श्रेष्ठ छन् ।
रक्तचन्दन बिक्री वितरणमा प्रतिबन्ध छ। त्यसको तेल कसरी कहाँबाट काठमाडौं ल्याइयो र यो केमा प्रयोग हुन्छ भन्नेबारे अनुसन्धान भइरहेको छ। पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि वन कार्यालय पठाउने तयारी भइरहेको एसपी पंगेनीले बताए । उनका अनुसार एक लिटर रक्त चन्दनको तेल २ देखि ३ लाखमा बिक्री हुन्छ । रक्तचन्दन नेपालबाट चीनतर्फ तस्करी हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार व्यक्ति युएईबाट पक्राउ
-
सरकारले किन फिर्ता लियो राजनीतिक दलसम्बन्धी विधेयक ?
-
बिर्सेर पनि फ्रिजमा राख्नुहुन्न यी पाँच फल
-
सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा पाँच दल एकमत
-
संसद् भवन प्रवेश गर्ने गेटमा सुरक्षा कडाइ (तस्बिरहरू)
-
ऐश्वर्या रायका कान्स लूक (तस्बिरहरू)