गुल्मीमा काँग्रेस अधिवेशन : मतदान प्रक्रिया रोकियो
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गुल्मीमा नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान प्रक्रिया रोकिएको छ । मुसिकोट नगरपालिका मतदान केन्द्रमा मतपत्रमा संकेत देखिएपछि मतदान प्रक्रिया रोकिएको हो। मतदान चलिरहेका बेला मतपत्रमा अर्धकट्टी र क्रम संख्या उल्लेख गरिएको फेला परेपछि सभापतिका उम्मेदवार बेदबहादुर थापाले आपत्ति जनाएका छन्।
उनले निर्वाचन समितिलाई लिखित पत्र दिएर मतदान रोक्न पनि आग्रह गरेका छन्। ‘मतपत्रमा अर्धकट्टी र मतपत्रमा क्रम संख्या उल्लेख गरी नियोजित तरिकाबाट धाँधली गरिएको र त्यसमा मेरो असहमति भएको हुँदा सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगन गरी स्वच्छ मतदानको वातावरण गराइ निर्वाचन गराउन अनुरोध छ,’ उनले निर्वाचन समितिलाई बुझाएको पत्रमा भनिएको छ।
गुल्मीमा सभापतिका लागि संस्थापन पक्षबाट थापा र संस्थापन इतर पक्षबाट खिलध्वज पन्थी प्यानलसहित प्रतिष्पर्धामा उत्रिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
-
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
-
चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
-
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण