३६ मोडलको एउटै र्याम्पमा फेसन शो
३६ मोडलको एउटै र्याम्पमा फेसन शो गर्ने भएका छन् । आगामी २४ डिसेम्बर (९ पुस) मा ‘आइसी डिजाइनर रनवे १०’ नामक फेसन शो यी मोडलले एकसाथ र्याम्प शो गर्ने भएका हुन् । विगतका वर्ष झै यस बर्ष पनि आइसी कलेजले नेक्स्ट मोडल्स नेपालको म्यानेजमेन्टमा फेसन शोको आयोजना गर्न लागेको हो ।
शो का लागि नेक्स्ट मोडल्सले हालै अडिसनमार्फत २८ फिमेल र ८ मेल गरेर ३६ मोडल छनौट गरेको छ । होटल हायात रिजेन्सीमा आयोजना हुने फेसन शोमा ७३ जना डिजाइनरले तयार पारेका बिभिन्न आकर्षक पहिरन २१ सिक्वेलमा मोडलहरुले र्याम्पमा प्रस्तुत गर्नेछन् । ७३ जना फेसन डिजाइनर नै आइसी कलेजका १८ औं ब्याजका पास आउट विद्यार्थी हुन् ।
‘आइसी डिजाइनर रनवे’ फेसन शोको मुख्य उदेश्य नेपाली डिजाइनरको प्रचार र नेपाली फेसन प्रति आकर्षक गर्नु रहरेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् । ‘आइसी डिजाइनर रनवे’ एक उत्कृष्ट फेसन सो हो’ उनले थपिन् ।
विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन शो यस वर्ष बिगतकाभन्दा झन् उत्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको म्यानेजमेन्ट जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण