हत्या आरोपमा युवक पक्राउ
आइतबार, १२ मङ्सिर २०७८, १५ : ५३
बझाङको जयपृथ्वी नगरपालिका–७ बाट प्रहरीले हत्या आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय दिपेन्द्र थापा छन् । ४६ वर्षका स्थानिय पिरु भण्डारीको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । रोजगारका लागी भारत जाँदै गरेका छोरालाई गाडी चढाएर फर्किँदा मृतक भण्डारीले युवकसँग विवाद गरेका थिए ।
दिपेन्द्र थापाको पानी घट्टमा विवाद हुँदा कुटपिट गरेर धकेलेको र पछारिएर घाइते भएका भण्डारीको उपचारको क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण