प्रदेश १ को मुख्य न्यायाधिवक्तामा भोजराज श्रेष्ठ नियुक्त
प्रदेश १ को मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भोजराज श्रेष्ठ नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा आइतबार प्रदेश प्रमुख परशुराम खापुङले श्रेष्ठलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन ।
मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम श्रेष्ठलाई मुख्य न्यायाधिवक्ता नियुक्तिको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
उच्च अदालतका न्यायाधीश सरह मर्यादा र सुविधा पाउने मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकार हो । मुख्य न्यायाधिवक्ताका लागि कानुन व्यवसायी पेशल न्यौपाने पनि दाबेदार थिए । तर, श्रेष्ठले बाजी मारे ।
प्रदेश १ का मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यले पदबाट राजीनामा दिएपछि सो पद खाली रहेको थियो । २०७४ साल फागुन २५ गते मुख्य न्यायाधिवक्तामा नियुक्त भएका आचार्यले गत असोज १७ गते प्रदेशका मुख्यमन्त्री राईमार्फत राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण