आमाको कुटाईबाट छोराको मृत्यु
सोमबार, १३ मङ्सिर २०७८, ०९ : ३१
मोरङमा आमाको कुटाइबाट छोराको मृत्यु भएको छ । मोरङ कटहरी गाउँपालिका–५ का ३५ वर्षीय राजेन्द्रप्रसाद उराउको आमाको कुटाइबाट मृत्यु भएको हो । गत शनिवार राति मादक पदार्थ सेवन गरी घर आएको राजेन्द्रलाई आमा बातियो उराउले लट्ठीले कुटपिट गरेको र उनी कुटाईबाट घाइते भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले आमाको कुटपिटबाट घाइते भएका राजेन्द्रको कोशी अस्पतालमा सामान्य उपचारपछि घर लगिएको थियो । तर राजेन्द्र अस्वस्थ्य बन्दै गएपछि उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
आइतवार दिउँसो अस्पताल भर्ना गरिएका राजेन्द्रको उपचारकै क्रममा राति १०ः१५ बजेतिर उनको मृत्यु भएको डिएसपी श्रेष्ठले बताए । कुटपिट गरेर छोराको हत्या गर्ने आमालाई पक्राउ गरी घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी उनले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण