सर्वोच्चको ऐतिहासिक दिन, सुरु भयो गोलाप्रथा
सर्वोच्च अदालतमा मंसिर १५ गते बुधबारबाट गोला प्रक्रियामार्फत पेसी तोक्ने सुरुवात भएको छ । बुधबार बिहान साढे १० बजे सर्वोच्चका न्यायाधीशहरूले गोला तानेर यसको सुरुवात गरेका छन् । सर्वोच्च अदालत स्रोतका अनुसार बुधबारबाट गोला प्रक्रिया सुरु भएको छ ।
सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलका अनुसार बिहान साढे १० बजे गोला तान्ने काम सकिएको छ भने कम्प्युटरमा चढाउने लगायत केही प्रशासनिक काम बाँकी रहेको छ । बिहान ११ बजेभित्र कम्प्युटरमा पेसीको प्रविष्ट गरी इजलास गठन हुनेछ ।
यसअघि प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्था रहेकामा आजबाट गोला प्रक्रियाबाट पेसी तोक्ने सुरुवात भएसँगै सबै न्यायाधीश नियमित इजलासमा फर्कने भएका छन् । मंगलबार मात्रै नेपाल बार एशोसिएसनले पनि विज्ञप्ति जारी गरेर गोला प्रक्रियाबाट पेसी तोक्ने कामको स्वागत गरेको छ ।
यद्यपि सर्वोच्च अदालतका अन्य न्यायाधीश र नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सँगै नबस्ने र बहस नगर्ने बताइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको अस्पतालमा चक्कु प्रहार घटना, २ को मृत्यु २३ घाइते
-
कांग्रेसको जिकिर : विश्वासको मतका लागि धारा १८८ को मात्र प्रयोग हुन्छ (रिट निवेदनसहित)
-
जसपाको दाबी, ‘कोशी र लुम्बिनी प्रदेशका सांसदहरू हाम्रो साथमा छन्’
-
कांग्रेसको व्यक्ति लक्षित संसदीय समितिको माग सम्भव छैन : महेश बर्तौला
-
दैलेखमा भीषण आगलागी, लाखौँको क्षति
-
प्रचण्ड नेतृत्वको सरकारलाई दुवै जसपाको समर्थन