शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राप्रपालाई अनिल झाको सुझाव– संविधानमा सबैलाई समेट्न प्रयास गर्नुस्

बुधबार, १५ मङ्सिर २०७८, १४ : ००
बुधबार, १५ मङ्सिर २०७८

लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले राप्रपाको महाधिवेशन वास्तवमै एकताको महाधिवेशन हुन सकोस् भन्ने कामना गरेका छन् । राप्रपाको एकता महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै झाले सिंगो देशको भावनालाई समेट्न राप्रपाले आगामी दिनमा भूमिका खेल्न सकोस् भन्ने शुभकामना दिए ।

उनले अझै पनि देशको संविधानलाई केही भूगोल र वर्गले स्वीकार गर्न नसकेको भन्दै उनले राप्रपाको महाधिवेशनबाट यो संविधानलाई सबैले स्वीकार गर्न सक्ने गरी संशोधन गर्ने दिशामा प्रस्ताव ल्याउन सक्नुपर्नेमा जोड दिए ।
उनले मधेस, थरुहटका माग अझै संविधानमा नसमेटिएको पनि चर्चा गरे । राप्रपाको जनाधार मधेस र थरुहट क्षेत्रमा पनि रहेको भन्दै उनले त्यहाँका जनताका माग सम्बोधन गर्नेतर्फ ध्यान दिन पनि सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप