राप्रपालाई अनिल झाको सुझाव– संविधानमा सबैलाई समेट्न प्रयास गर्नुस्
बुधबार, १५ मङ्सिर २०७८, १४ : ००
लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले राप्रपाको महाधिवेशन वास्तवमै एकताको महाधिवेशन हुन सकोस् भन्ने कामना गरेका छन् । राप्रपाको एकता महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै झाले सिंगो देशको भावनालाई समेट्न राप्रपाले आगामी दिनमा भूमिका खेल्न सकोस् भन्ने शुभकामना दिए ।
उनले अझै पनि देशको संविधानलाई केही भूगोल र वर्गले स्वीकार गर्न नसकेको भन्दै उनले राप्रपाको महाधिवेशनबाट यो संविधानलाई सबैले स्वीकार गर्न सक्ने गरी संशोधन गर्ने दिशामा प्रस्ताव ल्याउन सक्नुपर्नेमा जोड दिए ।
उनले मधेस, थरुहटका माग अझै संविधानमा नसमेटिएको पनि चर्चा गरे । राप्रपाको जनाधार मधेस र थरुहट क्षेत्रमा पनि रहेको भन्दै उनले त्यहाँका जनताका माग सम्बोधन गर्नेतर्फ ध्यान दिन पनि सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण