काँग्रेस चितवनको अधिवेशन अन्योलमा
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत चितवन जिल्लाको अधिवेशन अन्योलमा परेको छ । नेपाली कांग्रेस चितवनका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएसँगै अधिवेशन अन्योलमा परेको हो ।
काँग्रेस चितवनको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाएका पोखरेलले निर्वाचन अधिकृतबाट राजीनामा दिएसँगै निर्वाचन कहिले हुने टुङ्गो लाग्न सकेको छैन । पोख्रेलले स्वास्थ्य अवस्था प्रतिकूल रहेको भन्दै केन्द्रिय निर्वाचन समितिलाई राजीनामापत्र बुझाएका छन् ।
काँग्रेसको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा पोखरेलले राजीनामा दिएसँगै जिल्लाको अधिवेशनमा अन्योलता छाएको हो । राजीनामा गर्नुअघि निर्वाचन समितिले आज मनोनयन दर्ता र १९ गते मतदान गर्न केन्द्रिय निर्वाचन समितिलाई सिफारिस गरेको थियो ।
कार्यतालिका अनुसार कामअघि बढ्नुपर्ने समयमा निर्वाचन अधिकृतको राजीनामाले अन्योल छाएको नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बताए । एक विज्ञप्ति जारी गर्दै उनले अचानक निर्वाचन अधिकृत पोख्रेलको राजीनामा आउनुले अचम्मित र गम्भीर बनाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण