गरिमा विकास बैंकले एक अर्ब रुपैयाँ राबरको डिभेन्चर निष्काशन गर्ने
गरिमा विकास बैंक लिमिटेडले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा अधिकतम एक अर्ब रुपैयाँ बराबरको डिभेन्चर निष्काशन गर्ने भएको छ । बैंकले ७ वर्षका लागि बिहीबारदेखि प्रति कित्ता एक हजार रुपैया अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र (डिभेन्चर) निष्काशन गर्न लागेको हो ।
सो मध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणहरुलाई बिक्री गरिनेछ । जसमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाइएको छ भने बाँकी रहेको ६० करोड रूपैँया बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरवाट बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।
‘गरिमा डिवेन्चर २०८५’ को आवेदन खुल्ला छिटोमा मंसिर २० गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुष १ गतेसम्मलाई जारी राखिने कम्पनीले जनाएको छ । इक्रा नेपालले बैँकलाई इक्राएनपी आरआई बीबीबी रेटिङ प्रदान गरेको छ ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म सि–आस्वा सदस्य बैक तथा वित्तीय संस्थाहरूबाट खरिदका लागि आवेदन दिन सक्ने छन् । उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईविएल एस क्यापिटल लि.रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण