दाङका ६ पालिकामा भेरोसिल खोपको पहिलो मात्रा
आइतबार, १९ मङ्सिर २०७८, १५ : २१
दाङका ६ ओटा पालिकामा आजदेखि भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाउन सुरु गरिएको हो ।
जिल्लाको घोराही, लमही, बङ्गलाचुली, राजपुर, गढवा र राप्ती गाउँपालिका क्षेत्रमा आजदेखि बिहीबारसम्म भेरोसिल खोपको पहिलो मात्रा लगाइने उक्त कार्यालयले जनाएको हो । ती पालिकाका करिब ६० हजार नागरिकलाई खोप लगाउने लक्ष्य छ ।
यसपटक लगाएका उनीहरुलाई दोस्रो मात्रा आउँदो पुस १५ देखि १९ गतेसम्म लगाइने भएको छ । यसअघि गत मङ्सिर १२ गतेदेखि १७ गतेसम्म तुलसीपुरसहित पश्चिम दाङको शान्तिनगर, दङगीशरण र बबई गाउँपालिकामा भेरोसिलको पहिलो मात्रा खोप लगाइएको थियो ।
उनीहरुलाई आउँदो पुस ४ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप लगाइने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण