लुम्बिनी अपडेट : पौडेल समूहका पुनको अग्रता, देउवा पक्षका शाहले कति मत पाए ?
आइतबार, १९ मङ्सिर २०७८, २० : २८
नेपाली काँग्रेसको लुम्बिनी प्रदेश नेतृत्व चयनका लागि मतगणना जारी छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सभापतिका उम्मेदवार अमरसिंह पुनले अग्रता लिएका छन् ।
१ हजार ६३१ मत खसेकोमा ७३० को गणनामा पुनले ४०२ मतको अग्रता लिएका छन् । सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार भरत शाहले ३२४ मत पाएका छन् । पदाधिकारीमा पनि पुन प्यानलकै उम्मेदवारहरूले अग्रता लिएका छन् ।
पुन नेतृत्वको प्यानलबाट उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ र अष्टभुजा पाठक, महामन्त्रीमा बिक्रम खनाल र सुरेन्द्रराज आचार्य, सहमहामन्त्रीमा खगराज पाण्डे, विष्णु मुस्कान र निमा गिरी चुनावी मैदानमा छन् ।
शाहको प्यानलको उपसभापतिमा राजु खनाल र सुधाकर पाण्डे, महामन्त्रीमा जन्मजय तिमल्सिना र खिमानसिंह रायमाझी तथा सहमहामन्त्रीमा लक्ष्मीनारायण शाह, सरिता चौधरी र माया पुन प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण