बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

‘प्रेमगीत २’ ट्रेलर ट्रेन्डिङको पहिलो स्थानमा

आइतबार, ११ असार २०७४, ११ : ३०
आइतबार, ११ असार २०७४

 
काठमाडौं –  गीत होस् या ट्रेलर युट्युवको ट्रेन्डिङ नेपाली चलचित्रको हाइप मापदण्ड बन्दैछ । ट्रेन्डिङको शिर्ष स्थानमा आएको भिडियोलाई दर्शकले रुचाएको भिडियोको रुपमा समेत लिइने गरिएको छ । 

यस्तै ट्रेन्डिङको पहिलो स्थानमा केही दिन पहिले सार्वजनिक चलचित्र ‘प्रेम गीत २’ ट्रेलर पुग्न सफल भएको छ । बिभिन्न उतार चढाप झेल्दै ट्रेलर यो स्थानमा पुगन सफल भएको हो ।

‘ट्रेन्डिङको पहिलो स्थानमा देखिाचु भनेको दर्शकले हामीलाई रुचाएका हुन्’ निर्माता सन्तोस सेनले भने ‘चलचित्र पनि रुचाउने छन् ।’ 

निर्माता सेन यस चलचित्रबाट अभिनयमा पनि देखिदैछन् । साउन १३ बाट प्रदर्शनमा आउने चलचित्र गीत संगीतका कारणले पनि चर्चित छ । 
 
चलचित्रमा  प्रदीप खड्का, अश्लेषा ठकुरी, सन्तोष सेन, कैलाश कट्वाल, राजाराम पौडेल लगायतको अभिनय रहेको छ । रामशरण पाठकले निर्देशन गरेको चलचित्र अन्तिम प्राबिधिक कार्यमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप