१० बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै दुई दिने योजना सम्मेलन सम्पन्न
लुम्बिनी प्रदेश योजना आयोगद्वारा आयोजित योजना सम्मेलन २०७८ बुटवलमा सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोग सहित सातवटै प्रदेश योजना आयोगका पदाधिकारीहरूको सहभागिता रहेको दुई दिने योजना सम्मेलन १० बुँदे लुम्बिनी घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । दुई दिने योजना सम्मेलनमा प्रादेशिक योजना तथा बजेट तर्जुमा,सम्भाव्य महत्वपूर्ण बिषयमा छलफल भएको प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षत्रीले बताए ।
सम्मेलनले राष्ट्रिय योजना आयोग र सातवटै प्रदेश योजना आयोग बीचको समन्वयलाई प्रभावकारी रुपमा स्थापित गर्ने, सहअस्तित्व ,समन्वय र सहकार्यको संस्कृतिलाई आत्मसात गरी प्रदेशहरुबीचको साझा दृष्टिकोण कायम गर्नेछ । यस्तै राष्ट्रिय र प्रादेशिक सन्तुलनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने, राष्ट्रिय योजना आयोगले संघ, प्रदेश स्थानीय तहबाट कार्यान्वयन गर्दै आयोजना÷कार्यक्रम वर्गीकरणसम्बन्धी मापदण्ड तर्जुमा गर्नेछ ।
सम्मेलनमा राष्ट्रिय योजना आयोगले समन्वय गर्ने, प्रदेशहरुको आन्तरिक स्रोतहरुको पहिचान र विस्तारका लागि कानूनी र संस्थागत विकासमा जोड दिने लगायतका बिषयमा सहमति कायम भएको प्रदेश योजना आयोगका प्रवक्ता डा.दामोदर भुसालले जानकारी दिए ।
सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंह, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. रघुराम काफ्ले, प्रदेश नं २ का प्रदेश योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा, लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव डिल्लीराम शर्मा लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले ‘प्रादेशिक योजना तथा बजेट तर्जुमा,परियोजना बैंक र सम्भाव्य लगानीका क्षेत्रहरु, तहगत समन्वयः समस्या, चुनौती र भावी कार्यदिशा’ बिषयक प्रस्तुति दिएका थिए । सम्मेलनको आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण