६ लेन सडक निर्माणमा ढिलाइ भएको भन्दै बुटवलवासी आन्दोलनमा
बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक मर्मत कार्य नहुँदा समस्या उत्पन्न भएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । चुरे तिनाउ संरक्षण समिति बुटवलका नाममा संगठित स्थानीयले सडक मर्मतसहित पहिरो नियन्त्रणको समुचित व्यवस्थापन र बस्ती सुरक्षित बनाउन माग गर्दै पुस २६ गते बुटवल बन्दको आह्वान गरेका हुन् ।
समितिले झुम्सा खानेपानी योजना तुरुन्त सम्पन्न गर्नुपर्ने, ज्योतिनगर, लक्ष्मीनगर पाखापानी वडा नम्बर १, पाखापानी वाड २ र वडा नम्बर ६ को ताइवान टोलमाथिको पहिरोको नियन्त्रण गरी बस्तीलाई तत्काल सुरक्षित गर्नुपर्ने माग राखी दुई महिने संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलबार दिउँसो नागरिक समाजका अगुवा संस्थाबीच छलफल गरेको समितिले साँझ सडकमै पत्रकार सम्मेलन गरेको हो । पत्रकार सम्मेलनमा कार्यक्रमहरू सार्वजनिक गर्दै समितिका अध्यक्ष कमल गौतमले बुधबार नागरिक समाज तथा सरोकारवाला संघको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्रीको कार्यालय र बुटवल उपमहानगरपालिकाको कार्यालयमा समस्या समाधानका लागि ध्यानाकर्षण गराउने बताए ।
त्यस्तै समितिले पुस ३ गतेसम्म राजनीतिक दल, विभिन्न संघसंस्था, नेपाल सरकारका सम्बन्धित कार्यालयहरूमा ज्ञापन पत्र दिने, पुस ४ गते सडक विभागमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ ।
पुस ६ गते खानेपानी संस्थानमा धर्ना दिई ८ गते प्रदेश वन मन्त्रालयमा धर्ना दिने कार्यक्रम समितिले बनाएको छ । समितिले पुस १५ गते नगरपालिकामा धर्ना, १८ गते मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिनेछ भने पुस २३ गते एक घण्टा चक्काजाम गर्ने छ । त्यस्तै समितिले पुस २५ गते नाराजुलुस गर्ने पनि बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण