शशांक कोइरालाले छोडे सभापतिको दाबी
नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले सभापतिको दाबी छोडेका छन् । मंगलबार दिउँसो प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको रामचन्द्र पौडेल पक्षीय नेताहरूको बैठकमा कोइराला सभापतिको दाबी छोडेका हुन् ।
पौडेलको आग्रहमा आफूले सभापतिको दाबी छोडेको कोइरालाको भनाइ छ । ‘मैले दाबी छोडेँ। रामचन्द्रजीले एक पटक छोडिदिनुस् मेरो लागि भन्नुभएको छ,’ सञ्चारकर्मीसँग कोइरालाले भने । तर अरू मिले पौडेलले पनि सभापतिको दाबी छाड्ने सङ्केत देखाएको महामन्त्री कोइरालाले बताए । ‘अरू मिले उहाँ (रामचन्द्र पौडेल)ले छोड्ने सङ्केत गर्नुभएको छ,’ उनले भने ।
शेखर कोइराला र प्रकाशमान सिंह भने सभापतिको दाबी छाड्ने पक्षमा नरहेको कोइरालाको भनाइ छ । ‘शेखर र प्रकाशमान छोड्ने पक्षमा देखिनुहुन्न,’ उनले भने । भोलि बिहान साझा उम्मेदवार तय गर्नुपर्ने कोइरालाको जोड छ । ‘हामीसँग छलफल गर्ने समय अब छैन। राति टुङ्‍गिन नसके भोलि बिहान त पक्कै सकिन्छ,’ उनले भने ।
पौडेल पक्षको भोलि बिहान ९ बजे आफू पक्षीय केन्द्रीय सदस्य, निर्वाचित जिल्ला सभापति, प्रदेश सभापति, प्रदेश सभापतिका प्रत्यासीसहितको बैठक बस्ने र सो बैठकले साझा उम्मेदवार तय गर्ने नेता बद्री पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण