चाक्सीबारीमा शशांक र प्रकाशमानबीच ‘वान टु वान’ वार्ता
नेपाली काँग्रेसको संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार चयनका लागि सहमति जुटाउन नेताहरुबीच छलफल जारी छ। बिहानैदेखि छलफलमा जुटेको संस्थापन इतर समूहमा सहमति भने हुन सकेको छैन ।
बिहान संस्थापन इतर समूहका जिल्ला सभापति, प्रदेशसभा निर्वाचनमा विजयी तथा आकांक्षी नेतासहितका नेताहरुको छलफल भएको थियो भने त्यसपछि पौडेल समूहका केन्द्रीय सदस्यहरूबीच छलफल भएको थियो । सो छलफलमा सभापतिका आकांक्षी प्रकाशमान सिंह र डा.शेखर कोइरालाबीच सहमति हुन नसकेको सन्दर्भमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै उम्मेदवारको प्रस्ताव गर्ने निर्णय भएको थियो ।
यही निष्कर्षका साथ प्रकाशमानको निवासमा केन्द्रीय सदस्यसहितको संयुक्त बैठक बसेर उम्मेदवारको टुंगो लगाउने तय भएकोमा सो अघि प्रकाशमान र महामन्त्री शशांक कोइरालाबीच वान टु वाट वार्ता भएको छ । चाक्सिबारीस्थित प्रकाशमानको निवासमा भएको दुई नेताको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपि छलफलको विषय बाहिर आएको छैन ।
शशांकले मंगलबारको छलफलमा आफू सभापतिको दौडबाट ब्याक हुने संकेत गरेका थिए भने रामचन्द्र पौडेलले पनि प्रकाशमान र शशांकबीच सहमतिको आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण